शुक्रबार, असार २०, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रपति चुनावमा राष्ट्रिय सहमति हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

राष्ट्रपति चुनावमा राष्ट्रिय सहमति हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्रीमा भएको राष्ट्रिय सहमति जस्तै राष्ट्रपतिमा पदमा पनि सबै दलको सहमति आवश्यक रहेको उनले प्रष्ट्याएका हुन्।
 |  बिहीबार, फागुन ४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ४, २०७९

काठमाडौं- उपप्रधान तथा भौतिकमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्।

वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्रीमा भएको राष्ट्रिय सहमति जस्तै राष्ट्रपतिमा पदमा पनि सबै दलको सहमति आवश्यक रहेको उनले प्रष्ट्याएका हुन्। उनका अनुसार अहिलेको समीकरण बदल्न खोजिएको छैन बरु यही फागुन २७ गते हुने राष्ट्रपति लागि सहमति चाहिएको छ। 

उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘हाम्रो कारणले त्यस्तो परिस्थिति सिर्जना गर्नु हुँदैन भन्ने कुरामा हामी प्रष्टै छौँ। वर्तमान सरकारलाई प्रतिनिधिसभामा सहभागी ९९ प्रतिशतले विश्वासको मत दिएका छन्। सबैजसो पार्टीले प्रधानमन्त्रीलाई समर्थन गरेर विश्वासको मत दिँदा यो एउटा ऐतिहासिक परिघटना बनेको छ।’

प्रधानमन्त्रीका लागि भएको समर्थनको वातावरणले राष्ट्रिय सहमति कायम गर्ने अवसर मिलेको उनले बताए। सबै दलको भावना समेटिने गरी राष्ट्रपतिको चुनाव सम्पन्न गर्नु अहिलेको प्रधान विषय रहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो। सदनमा प्रतिनिधित्व गर्ने सबै दलको सहमतिमा राष्ट्रिय वातावरण बनाएर राष्ट्रपति चयन गर्ने प्रयास भइरहेको उनले बताए। 


प्रकाशित: Feb 16, 2023| 15:03 बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...