शुक्रबार, असार २०, २०८२

प्रतिनिधिसभा बैठक एक साता पछि सारियो

बुधबारको बैठकमा सहभागी सांसदहरूद्वारा शून्य तथा विशेष समयमा आ–आफ्ना धारणा तथा जनताका समस्या सदनमा प्रस्तुत।
 |  बिहीबार, फागुन ४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ४, २०७९

काठमाडौं–  प्रतिनिधिसभाको बैठक आगामी १० फागुनमा बस्ने गरी स्थगित भएको छ। बुधबारको बैठकमा सहभागी सांसदहरूले शून्य तथा विशेष समयमा आ–आफ्ना धारणा तथा जनताका समस्या प्रस्तुत गरे।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक सदनमा प्रस्तुत गरे। 

संसद्मा प्रारम्भिक छलफलपछि यो विधेयक संसदीय समितिमा दफावार छलफलका लागि लगिनेछ। राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७८ विचार गरियोस् भन्ने प्रस्ताव सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसहमतिले स्वीकृत भएको छ। सो विधेयकमाथि संशोधन गर्न चाहने सांसदका लागि ७२ घन्टाको समय दिइएको थियो।

प्रकाशित: Feb 16, 2023| 11:29 बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...