आइतबार, असार २२, २०८२

देशलाई अस्थिरताबाट जोगाउन मिलेर काम गरौं : बलायर

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरले देश अस्थिरतातर्फ गइरहेको बताएका छन्।
 |  बिहीबार, फागुन ४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ४, २०७९

धनगढी- नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरले देश अस्थिरतातर्फ गइरहेको बताएका छन्।

बलायरले गौरीगङ्गा-२ चौमालामा अवस्थित मालिका माध्यमिक विद्यालयको ६०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुलुक अस्थिरतातर्फ गइरहेकाले विकास निर्माणका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनु पर्ने धारणा राखेका हुन्।

'देश अस्थिरतातर्फ गइरहेको छ। अब एक अर्कालाई गालीभन्दा काम गरेर देखाउनुपर्ने अवस्था छ। सबै आआफ्नो ठाउँबाट गम्भीर बनौं,' उनले भने।

बलायरले आफूले विधालयको समस्या बुझेको र सरकारमा नभए पनि समाधानतर्फ लाग्ने प्रतिवद्धता जनाएका छन्।

प्रकाशित: Feb 16, 2023| 08:35 बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...