शुक्रबार, असार २०, २०८२

अखिलमा सहमति भएन, अध्यक्षका लागि बिहीबार निर्वाचन हुने

मंगलबार उद्घाटन भएको २३औं महाधिवेशनले एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ।
 |  बुधबार, फागुन ३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३, २०७९

काठमाडौं- अनेरास्ववियुको नयाँ नेतृत्वको छनोटका लागि आजबाट निर्वाचन प्रक्रिया सुरु भएको छ। निर्वाचन प्रक्रिया सुरु भएसँगै बिहीबार बिहान ८ बजेदेखि मतदान सुरु हुने बताइएको छ।

मंगलबार उद्घाटन भएको २३औं महाधिवेशनले एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ। 

१० सचिवमा ३ महिला, एक समावेशी र ६ खुला निर्वाचित हुनेछन्। अध्यक्षमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्षहरू लोकेश निरौला, मोति विक, झविन्द्र खत्री र महासचिव समिक बडालको दाबी रहेको छ।

उपाध्यक्षमा टपेन्द्र शाही, जेनिश लामा, मर्यादा विष्ट, एलबी सिंह, डम्बर अधिकारी, रामशरण चौधरीको दाबी छ। त्यसैगरी, महासचिवमा नारायण घर्ती, नरेश रोकाया, सुदर्शन सिवाकोटी, धर्म गिरी, गोविन्द गिरी र भाष्कर खनालको दाबी रहेको छ।

प्रकाशित: Feb 15, 2023| 18:30 बुधबार, फागुन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...