बुधबार, वैशाख १७, २०८२

सत्ता राजनीतिको किचलो सल्टिएला आज लुम्बिनीमा?

चार महिनादेखि गिजोलिएको लुम्बिनीको सत्ता राजनीतिको छिनोफानोका लागि बुधबार प्रदेशसभाको बिशेष अधिवेशन बस्ने भएको छ।
 |  बुधबार, साउन २७, २०७८

विनोद परियार

विनोद परियार

बुधबार, साउन २७, २०७८

बुटवल– चार महिनादेखि गिजोलिएको लुम्बिनीको सत्ता राजनीतिको छिनोफानोका लागि बुधबार प्रदेशसभाको बिशेष अधिवेशन बस्ने भएको छ। मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव उपर छलफल गर्न दिउँसो १ बजे प्रदेशसभाको बिशेष अधिवेशन बस्ने भएको हो। 

विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रो पटक पोखरेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरि बिशेष अधिवेशन माग गरेका थिए ।  

दिउँसो १ बजे बस्ने प्रदेशसभाको विशेष अधिवेशनमा अविश्वास प्रस्ताव टेबुल गर्ने कार्यसूची छ। अविश्वासको प्रस्ताव टेबुल भएपछि बुधबार नै यसको छिनोफानो हुने नेताहरुले बताएका छन्। 

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल विरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न बुधबार प्रदेशसभा बैठक बस्ने भएको छ। विपक्षी नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रो पटक पोखरेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरि बिशेष अधिवेशन माग गरेका थिए । 

यसअघि मुख्यमन्त्री पोखरेल विरुद्ध विपक्षी गठबन्धनले बैशाख ६ र २६ गते अविश्वासको प्रस्तावना दर्ता गरेका थिए। तर, ६ गते दर्ता गरेको अविश्वासको प्रस्तावमाथि छलफल हुने दिन बैशाख १९ गते मुख्यमन्त्रीबाट पोखरेलले राजीनामा दिएर नाटकीय शैलीमा साँझ पुन एकल बहुमत दलको नेताका हैसियतमा पोखरेल नै मुख्यमन्त्रीमा नियुक्त भएका थिए। 

Metro Mart
worldlink

दोस्रो पटक मुख्यमन्त्रीमा पोखरेल नियुक्तिप्रति विपक्षीले असंवैधानिक भन्दै आएका छन्। विपक्षीका तर्फबाट नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुल प्रसाद केसीलाई मुख्यमन्त्रीका रुपमा ४२ सांसदहरुको हस्ताक्षर सहित दावी गरेका थिए। तर, पोखरेललाई नै नियुक्त गरेपछि विपक्षीहरुले सडक र सदनबाटै मुख्यमन्त्रीलाई अल्पमतको भन्दै विरोध गर्दै आएका थिए। बैशाख २६ को अविश्वासको प्रस्ताव दर्ता भए पनि बिशेष अधिवेशन आह्वान भएको थिएन। 

सरकारलाई साथ दिएका तीन जनालाई जनता समाजवादी पार्टीले साउन १५ गते सांसद पद निलम्बन गरेपछि सरकार स्पष्ट अल्पमतमा परेको छ। सन्तोष कुमार पाण्डे, विजय बहादुर यादव र कल्पना पाण्डे लम्साल सर्वोच्च पुगेपनि अन्तरिम आदेश नदिएपछि पोखरेल सरकार थप संकटमा परेको हो। विपक्षीले अविश्वास प्रस्ताव बुधबार नै टुंग्याउने गरि तयारीमा जुटेका छन्। 

सरकारकै योजनामा एमालेका सांसदले सर्वोच्चमा अविश्वास प्रस्ताव दर्ता विरुद्ध रिट दायर गरेर बिशेष अधिवेशन लम्ब्याउन खोजेको छ। तर, कुनै पनि फैसला नभएकाले प्रदेशसभाले भने बिशेष अधिवेशनको तयारी गरिसकेको छ। अविश्वास प्रस्तावलाई पारित गर्ने गरि विपक्षी गठबन्धनका सांसदले भने ४१ जनालाई नै लुम्बिनी स्थित एक होटलमा राखेको छ। 

सांसद अपहरणदेखि खरिद–बिक्रीसम्म हुन थालेपछि विपक्षीले सांसदलाई एकै ठाउँमा राखेको हो। लुम्बिनीमा सत्तासिन एमालेका ३८ सांसद छन्। जबकी बहुमतका लागि ४१ सांसदको समर्थन आवश्यक पर्छ। लुम्बिनीमा हाल ८० प्रदेशसभा सदस्य कायम छ। विपक्षी दल नेपाली कांग्रेस १९, नेकपा माओवादी केन्द्र १८, जनता समाजवादी पार्टी ३ र राष्ट्रिय जनमोर्चाका १ गरि ४१ सांसद छन। विपक्षी गठबन्धनले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुल प्रसाद केसीलाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेको छ। 

प्रकाशित: Aug 11, 2021| 08:20 बुधबार, साउन २७, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...