शनिबार, असार २१, २०८२

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग खोजियो गृहमन्त्री

गृहमन्त्री नियुक्त नगरिँदा मुलुकमा शान्ति–सुरक्षामाथि चुनौती देखिन थालेको दाबीसहित सांसदहरूले प्रधानमन्त्री प्रचण्डसँग यसबारे सोधीखोजी गरेका हुन्।
 |  बुधबार, फागुन ३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३, २०७९

काठमाडौं– बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विभिन्न राजनीतिक दलका सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गृहमन्त्री नियुक्त गर्नुपर्ने माग गरेका छन्। गृहमन्त्री नियुक्त नगरिँदा मुलुकमा शान्ति–सुरक्षामाथि चुनौती देखिन थालेको दाबीसहित सांसदहरूले प्रधानमन्त्री प्रचण्डसँग यसबारे सोधीखोजी गरेका हुन्।

सात दलीय गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको गृह मन्त्रालय अध्यक्ष रवि लामिछाने नागरिकता विवादमा मुछिएसँगै प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीको जिम्मा लिइरहेका छन्।

गृह मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा रहेपछि काठमाडौंको बालाजुस्थित नयाँ बसपार्कमा रहेका पसलमाथि यातायात मजदुरका नाममा लुटपाट र तोडफोड भएको घटनालाई लिएर सांसदहरूले प्रश्न उब्जाए।

राप्रपाका प्रमुख सचेतक एवं सांसद ज्ञानेन्द्र शाहीले भने, ‘संसारका कुनै देशमा देखिने दृश्य गोंगबुमा देखियो। यो देशमा गृह मन्त्रालयको संयन्त्र छ तर गृहमन्त्री किन खाली? प्रधानमन्त्री नै सबै मन्त्रालयमा हुने भए अरु मन्त्रालय किन बनाएको?’ गृहमन्त्री तत्काल नियुक्त गरिनुपर्छ।’

कांग्रेस सांसद प्रकाशशरण महत, रास्वपाका सांसद शिशिर खनाललगायतले नयाँ बसपार्क क्षेत्रमा भएको लुटपाटप्रति सरकारको ध्यानाकर्षण गराए।गृहमन्त्री नहुँदाको परिणाम सुरक्षा व्यवस्था फितलो हुन थालेको भन्दै सांसदहरूले तत्कालै नियुक्त गर्न प्रधानमन्त्री प्रचण्डप्रचण्डसँग आग्रह गरे।

प्रकाशित: Feb 15, 2023| 13:33 बुधबार, फागुन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...