शनिबार, असार २१, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • प्रेम आचार्यको घर पुगेर फर्केपछि विश्वप्रकाशले भने- आत्महत्या रोक्न परिवेश परिवर्तन गर्नुपर्छ

प्रेम आचार्यको घर पुगेर फर्केपछि विश्वप्रकाशले भने- आत्महत्या रोक्न परिवेश परिवर्तन गर्नुपर्छ

सभामुख महोदयमार्फत म सरकारको ध्यानाकर्षण गराउँदै दलहरु, मिडिया र समाजलाई विनम्र अपील गर्दछु!'
 |  बुधबार, फागुन ३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३, २०७९

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले आत्महत्याका कारण निराकरण गर्न राज्य, राजनीतिक दलहरु र समाज जिम्मेवार हुनुपर्ने बताएका छन्। बुधबार संसद् बैठकको शून्य समयमा उनले सरकारलाई ध्यानाकर्षण पनि गराएका छन्।

शर्माले भने, 'म भर्खर इलाम पुगेर आएको छु, प्रेम आचार्यको घरमा ! माघ १० गते बानेश्वरको सडकमा उहाँले आत्मदाह गरेको दृश्य यो संसदको स्मृतिमा पक्कै ताजै छ। नेपाल प्रहरीको तथ्यांक भन्छ- आत्महत्याको दर यो दशकमा

७८ प्रतिशतले वृद्धि भएको छ। सुन्नेका लागि एउटा आत्महत्या केवल एउटा मृत्यु तर भोग्ने परिवारका लागि पीडाको आकार बेहिसाब छ। मानसिक अस्वस्थता, पारिवारिक सम्बन्धको द्वन्द्व अनि व्यक्तिको आकांक्षा र परिवेशबीचको असन्तुलन आत्महत्याको मुख्य कारण निश्चय नै हुन्। तर असन्तुष्टि, आवेग र वितृष्णाका अनेक कारण निराकरण गरेर परिवेशमा परिवर्तन गर्नु जिम्मेवार राज्य, राजनीतिक दलहरू एवं असल समाजको कर्तव्य हुन्छ।

राजनीतिमा रुपान्तरण 

सामाजिक विसंगतिहरुको अन्त्य 

झन्झटिलो प्रशासनिक प्रक्रियामा सुधार 

आर्थिक विषमताको अन्त्य 

यी ४ गहन विषयमा गम्भीर राष्ट्रिय विमर्श जरुरी छ। सभामुख महोदयमार्फत म सरकारको ध्यानाकर्षण गराउँदै दलहरु, मिडिया र समाजलाई विनम्र अपील गर्दछु!'

इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले गत माघ १० गते संघीय संसद् भवन अगाडि नयाँ बानेश्वरमा आत्मदाह गरेका थिए। प्रधानमन्त्री प्रचण्ड संसद् भवनबाट बाहिरिँदै गर्दा उनले शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। आचार्यको भोलिपल्ट बिहान मृत्यु भएको थियो।

प्रकाशित: Feb 15, 2023| 12:29 बुधबार, फागुन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...