शनिबार, असार २१, २०८२

दुई दिनमा १४ भेटघाट सकेर बंगलादेश प्रस्थान गरे क्वात्रा

दुई दिनमा उनले राष्ट्रपति, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीलगायत १४ जना राजनीतिकर्मीलाई भेटेका छन्।
 |  बुधबार, फागुन ३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३, २०७९

काठमाडौंमा राजनीतिक भेटवार्ता सकेर भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्रा बंगलादेश प्रस्थान गरेका छन्। सोमबार काठमाडौं उत्रिएका क्वात्रा त्यसदिन र भोलिपल्ट रातिसम्मै भेटवार्ताहरुमा व्यस्त रहे। 

क्वात्राले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल, एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए। 

त्यसैगरी मंगलबार उनले उपप्रधानमन्त्रीत्रय नारायणकाजी श्रेष्ठ, विष्णुप्रसाद पौडेल र राजेन्द्रप्रसाद लिङ्देनसँग बेग्लाबेग्लै भेटवार्ता गरे। मंगलबार नै उनले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टी अध्यक्ष सिके राउत, कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायतसँग पनि भेटवार्ता गरेका थिए। दुई दिनमा उनले राष्ट्रपति, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीलगायत १४ जना राजनीतिकर्मीलाई भेटेका छन्।

प्रधानमन्त्रीलाई भने क्वात्राले दुईपटक भेटेको समाचार कान्तिपुरले छापेको छ। उनले साँझ औपचारिक र राति गुपचुप रूपमा प्रचण्डलाई भेटेका हुन्। सोमबारका सम्पूर्ण भेट सकेपछि क्वात्रा राति बालुवाटार प्रवेश गरेका थिए। 

नेपालका लागि राजदूतसमेत रहिसकेका क्वात्राले सत्ता गठबन्धनको भविष्य र नयाँ राष्ट्रपतिको निर्वाचनबारे प्रमसँग दुई घण्टा छलफल गरेको बताइएको छ। राष्ट्रपतिका लागि फागुन १३ मा मनोनयनको कार्यसूची छ भने फागुन २५ मा निर्वाचन हुँदैछ।


प्रकाशित: Feb 15, 2023| 11:37 बुधबार, फागुन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...