शनिबार, असार २१, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • जनताले महसुस गर्ने गरी विकासका गतिविधि अगाडि बढाउँछौं : मुख्यमन्त्री जम्कट्टेल

जनताले महसुस गर्ने गरी विकासका गतिविधि अगाडि बढाउँछौं : मुख्यमन्त्री जम्कट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले जनताले देख्ने र महसुस गर्ने गरी विकासका कामलाई अगाडि बढाउने बताएका छन्।
 |  मंगलबार, फागुन २, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २, २०७९

भक्तपुर- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले जनताले देख्ने र महसुस गर्ने गरी विकासका कामलाई अगाडि बढाउने बताएका छन्।

नेकपा (माओवादी केन्द्र) मध्यपुरथिमि नगर कमिटीले मध्यपुरथिमिमा आज आयोजना गरेको मुख्यमन्त्री र प्रदेश सांसदलाई बधाई तथा शुभकामना कार्यक्रममा उनले भक्तपुरको आवश्यकता पहिचान गरेर विकासका योजना माग गर्न आग्रह गरे। शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादनलगायत क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने मुख्यमन्त्री जम्कट्टेलको भनाइ थियो। 

‘प्रदेश सरकारले नेपाल भाषा र तामाड भाषालाई कामकाजी भाषा बनाउने निर्णय गरेको छ, चालू आर्थिक वर्षमा लागू गर्ने गरी प्रदेशसभाले कानुन बनाएर कार्यान्वयनमा लैजाने तयारी गरेको छ’, उनले भने। 

कार्यक्रममा माओवादी केन्द्रका नेताहरु दिलीप प्रजापति, देवेन्द्र श्रेष्ठ र  डिपी ढकाल मध्यपुरथिमि नगर सभापति एवं नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठलगायतले जिल्लाको विकास तीव्र गतिमा गर्नुपर्नेमा जोड दिएका थिए।

प्रकाशित: Feb 14, 2023| 21:22 मंगलबार, फागुन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...