शनिबार, असार २१, २०८२

सत्ता गठबन्धन अस्थिर रहेको ओली संकेत

कांग्रेस नेतृत्वको सत्ता गठबन्धन फुटाउन सफल भए पनि अहिलेको गठबन्धनप्रति ढुक्क हुन नसकिएको ओली बोली।
 |  मंगलबार, फागुन २, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २, २०७९

काठमाडौं– सत्तारुढ नेकपा एमाले अध्यक्ष केपी ओलीले ९ पुसपछि आफ्नै निवास बालकोटमा बुनिएको सात दलीय गठबन्धनको भविष्यप्रति ढुक्क हुन नसकिने बताएका छन्। कांग्रेस नेतृत्वको सत्ता गठबन्धन फुटाउन सफल भए पनि अहिलेको गठबन्धनप्रति ढुक्क हुन नसकिएको उनको भनाइ छ।

मंगलबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३औं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

कार्यक्रममा अध्यक्ष ओलीले देशमा रहेका समस्या एमालेले मात्रै समाधान गर्ने दाबी गरे। एमाले राष्ट्रिय हित, राष्ट्रिय गौरव र स्वाभिमानको पक्षमा रहेकाले राष्ट्रियताको प्रतिनिधि र रक्षक भएको ओलीले बताए। 

अनेरास्ववियु नेपालको विद्यार्थी आन्दोलनको मात्रै मूलधार नभएर राजनीतिमै महत्त्वपूर्ण भूमिका र गौरवपूर्ण इतिहास बोकेको प्रगतिशील संगठन भएको उनको धारणा छ। अध्यक्ष ओलीले भने, ‘अनेरास्ववियुसँग अरु कुनै विद्यार्थी संगठनको तुलनै हुँदैन। अरु पार्टीका विद्यार्थी संगठन झिनामसिना हुन्।’ 

‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार, समृद्ध नेपाल निर्माणको आधारः गतिशील संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ नारासहित आजबाट सुरु भएको अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन ४ फागुनसम्म चल्नेछ। 

महाधिवेशनले १९९ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ। तीन वटा आयोग (लेखा, अनुशासन र निर्वाचन) समेत चयन गर्नेछ। देशभरबाट १५७३ जना प्रतिनिधि सहभागी महाधिवेशनबाट आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन हुनेछ।

प्रकाशित: Feb 14, 2023| 16:14 मंगलबार, फागुन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...