शनिबार, असार २१, २०८२

बन्दुकको विरोध गर्दा कुटिए कलमजीवी

द्वन्द्वपीडित क्याम्पस प्रमुख दुवाडीले सामाजिक सञ्जालमा ‘कथित जनयुद्ध शब्दलाई वैधानिक दृढता गर्ने वर्तमान सरकार मुर्दावाद’ पोस्ट्याएपछि माओवादी निकट विद्यार्थी आक्रमणमा उत्रिएका हुन्।
 |  मंगलबार, फागुन २, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २, २०७९

काठमाडौं– १७ हजारको ज्यान जाने गरी १० वर्षसम्म चलेको कथित माओवादी जनयुद्धलाई राष्ट्रिय दिवस घोषणा गरिएपछि सरकार सर्वत्र आलोचनाको भुंग्रोमा परेको छ। कथित जनयुद्धबारे सामाजिक सञ्जालमा आफ्नो विचार पोस्ट्याएको बात लगाएर गोरखाको लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीमाथि माओवादी नामका विद्यार्थीले हातपात गरेका छन्।

माओवादले लोकतन्त्र रुचाउँदै भन्ने उदाहरण आज गोरखामा देखिएको छ। जनयुद्धको सन्दर्भमा दुवाडीले सामाजिक सञ्जालमा पोस्ट गरेको विचारलाई लिएर माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) क्याम्पस इकाइका विद्यार्थीले मंगलबार बिहान आक्रमण गरेका हुन्।

क्याम्पस प्रमुखको कार्यकक्षमा घुसेर इकाइ अध्यक्ष अनिष अर्याल नेतृत्वको अराजक समूहले टेबलसमेत तोडफोड गरेको क्याम्पस प्रमुख दुवाडीले बताए। उनले भने, ‘आफैं द्वन्द्वपीडित भएकाले सामाजिक सञ्जालमा क्याम्पस प्रमुखको हिसाबले नभई निजी विचार लेखेको थिएँ। त्यही विषयलाई लिएर उनीहरुले आक्रमण गरे।’ माओवादी विद्यार्थीले बाहिरका गुन्डासमेत मगाएर  क्याम्पस प्रमुखमाथि आक्रमण गरेको प्रत्यक्षदर्शीको दाबी छ।

अनेरास्ववियु (क्रान्तिकारी) क्याम्पस इकाइले सोमबार राती दुवाडीबाट सामाजिक सञ्जालमा व्यक्त विचारको विरोधमा विज्ञप्तिसमेत जारी गरेको थियो। दुवाडीले सामाजिक सञ्जालमा ‘कथित जनयुद्ध शब्दलाई वैधानिक दृढता गर्ने वर्तमान सरकार मुर्दावाद’ पोस्ट्याएका थिए।

प्रकाशित: Feb 14, 2023| 13:26 मंगलबार, फागुन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...