शनिबार, असार २१, २०८२

एकीकृत समाजवादी छोडेकी लिमा भइन् रास्वपाकी केन्द्रीय सदस्य

नेकपा एकीकृत समाजवादी छाडेर लिमा अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेकी छन्।
 |  मंगलबार, फागुन २, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २, २०७९

काठमाडौं- नेकपा एकीकृत समाजवादी छाडेर लिमा अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेकी छन्। मोरङकी उनलाई सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्य मनोनीत गरेको छ।

लिमा पूर्वअर्थमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता स्वर्गिय भरतमोहन अधिकारीकी छोरी हुन्। लिमा गत मंसिर ४ को चुनावमा एकीकृत समाजवादीबाट खस-आर्य महिलातर्फ समानुपातिक उम्मेदवार थिइन्।

पुराना दलबाट मुलुकको विकास, समृद्धि, रोजगारी, स्वास्थ्य र शिक्षा लगायतको ग्यारेन्टी नहुने देखेपछि आफू रास्वपामा सक्रिय भएको लिमाले बताएको उनको सचिवालयले जानकारी दिएको छ।

उनी पछिल्लो समय भरतमोहन अधिकारी फाउण्डेशनमार्फत समाज सेवामा सक्रिय पनि थिइन्।

प्रकाशित: Feb 14, 2023| 09:23 मंगलबार, फागुन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...