काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ। सोमबार प्रधानमन्त्रीको सरकारी निवासमा उनीहरुबीच भेटवार्ता भएको हो।
भारतीय विदेश सचिव क्वात्रा परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणका लागि सोमबार बिहान नेपाल आइपुगेका थिए।
यसअघि उनले परराष्ट्र मन्त्री विमला पौडेल र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरिसकेका छन्।