शनिबार, असार २१, २०८२

अर्थतन्त्रमा देखिएको संकटप्रति सचेत छौं : प्रधानमन्त्री दाहाल

आजदेखि महेन्द्रनगरमा सुरु भएको कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अर्थतन्त्र सुधारका लागि आफू प्रधानमन्त्री भएपछि विशेष ध्यान दिएको बताए।
 |  सोमबार, फागुन १, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १, २०७९

महेन्द्रनगर- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रमा देखिएको सङ्कटप्रति सरकार सचेत रहेको बताएका छन्। आजदेखि महेन्द्रनगरमा सुरु भएको कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अर्थतन्त्र सुधारका लागि आफू प्रधानमन्त्री भएपछि विशेष ध्यान दिएको बताए।

आफूले मन्त्रिपरिषद्को पहिलो बैठकमै सार्वजनिक तथा निजी क्षेत्रसितको सहकार्यलाई प्रभावकारी तुल्याउने निर्णय गरे बमोजिम सोही दिशामा देशको अर्थतन्त्र अग्रसर रहेको उनले उल्लेख गरे। 'अर्थतन्त्रमा देखिएका समस्या हल गर्दै निजी क्षेत्रलाई सहज रुपमा लगानी तथा उद्योग, व्यापारको वातावरण बनाउनेतर्फ अगाडि बढेका छौँ।' प्रधानमन्त्री दाहालले भने– 'दुई महिना पूरा भएको छैन तर अर्थतन्त्रमा सुधारका राम्रा सङ्केत देखिएका छन्।' उनले राजस्व सङ्कलन बृद्धि भएको, विदेशी मुद्रा सञ्जय बृद्धि भएको बताउँदै यी सबै सकरात्मक सङ्केतका रुपमा लिएको धारणा राखे।

'समग्रमा अर्थतन्त्रको सङ्कट टरेको छैन।' उनले भने– 'अझै पनि नीतिगत र योजनागत क्षेत्रमा सुधार गर्नुपर्ने आश्वयकता छ, र  सरकार सोही दिशातर्फ अग्रसर पनि छ।' त्यसैगरी कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाह भारतीय पक्षको प्रतिबद्धतापछि समझदारीपत्रमा हस्ताक्षर भएको र निर्माण प्रक्रिया अघि बढेको बताए।

'सुक्खा बन्दरगाहको वातावरण प्रभाव मुल्याङ्कनको काम भई स्वीकृतीको चरणमा हुनुका साथै भारतसित ‘एमओयु’ हस्ताक्षरण गर्ने प्रक्रिया अघि बढेको छ।' उनले भने– 'निकट भविष्यमा कानुनी र प्रक्रिया सम्पन्न गरेर बन्दरगाह निर्माण द्रुत गतिमा हुनेछ।' उनले सो विषय आफ्नो आसन्न भारत भ्रमणमा उच्च प्राथमिकताका साथ उल्लेख गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले बन्दरगाहको निर्माणमा नेपाल र भारतबीच द्विपक्षीय व्यापार तथा आफूले परिकल्पना गरेको त्रिदेशीय रणनीतिक साझोदारीमार्फत नेपालले लाभ लिने विषयमा समेत निर्णायक महत्व राख्ने विश्वास लिएको बताए। 'सुदूर विकास आयोगको गठनदेखि विश्वविद्यालयसम्म घोषणासम्मको अवसर प्राप्त गरेँ।' दाहालले भने– 'गेटा मेडिकल कलेजलाई पहिलोपटक बजेट बिनियोजन गर्ने अवसर पाएँ, अहिले सम्पन्न हुन सक्ने आइसकेको छ।' उनले सुक्खा बन्दरगाह निर्माणसँगै उत्तर चीनसित जोड्ने ढोकासमेत महाकाली करिडोरलाई अगाडि बढाइने बताए।

'यसले सुदूरको आर्थिक विकासमा मात्रै प्रगती हुने छैन, सिङ्गो राष्ट्रको आर्थिक विकास निकै ठूलो योगदान हुनेछ।' उनले भने– 'सरकारले तयार गरेको एकीकृत कार्ययोजनामा सुदूरको समृद्धि, विकास अभियानका पनि समेटिएको छ।' उनले यथास्थितीमा रुमलिने प्रवृतीको अन्त्य गर्नु आजको देशको आवश्यकता भएको बताए।

'जनतामा देखिएको निराशालाई आशामा बदल्दै दृेढ सङ्कल्प र नेतृत्वप विकासको निम्ती आश्वयक छ।' उनले भने– 'नौ वटै जिल्लामा सञ्चालनमा रहेका आयोजना र सम्भाव्य आयोजनाका लागि बजेटमा कुनै कन्जुसाँइ हुने छैन।'

प्रधानमन्त्री दाहाल महोत्सव उद्घाटनअघि सुक्खाबन्दरगाह निर्माण स्थल र महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल योजनाको निरीक्षणसमेत गरेका थिए। प्रधानमन्त्रीसँगै उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसङ्यामन्त्री पदम गिरी, पूर्वमन्त्री एवं नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, सृुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलगायत निरीक्षणमा सहभागी थिए।

प्रकाशित: Feb 13, 2023| 18:09 सोमबार, फागुन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...