शनिबार, असार २१, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • परराष्ट्रमन्त्री पौड्यालसँग भारतीय विदेश सचिव क्वात्राको भेटवार्ता

परराष्ट्रमन्त्री पौड्यालसँग भारतीय विदेश सचिव क्वात्राको भेटवार्ता

भेटमा परराष्ट्रमन्त्री पौड्यालद्वारा पोखरा र भैरहवा हवाई रुटमा अड्चन नथाप्न भारतीय विदेश सचिवसँग आग्रह।
 |  सोमबार, फागुन १, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १, २०७९

काठमाडौं– सोमबार नेपाल भ्रमणमा आएका छिमेकी भारतका विदेश सचिव विनयमोहन क्वात्राले परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग भेटवार्ता गरेका छन्। सिंहदरबास्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको परराष्ट्रले बताएको छ।

भेटमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै विकास सहायता बढाउनेलगायत विषयमा छलफल भएको मन्त्री पौड्यालले जानकारी दिइन्। भैरहवास्थित गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ अन्तर्राष्ट्रिय हवाई रुट उपलब्ध गराइदिन भारतीय पक्षलाई पुनः आग्रह गरिएको उनको भनाइ छ।

भेटमा मुख्यगरी नेपालमा विकास सहायता वृद्धि गर्ने, लगानी वातावरण बनाउने, कनेक्टिभिटी, द्विपक्षीय व्यापारमा देखिने समस्या हल गर्ने, विद्युत् व्यापारलगायत विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटमा मन्त्री पौड्यालले जलवायु परिवर्तनका मुद्दामा अन्तर्राष्ट्रिय मञ्चमा दक्षिण एसियाका मुलुकको एउटै स्वर हुनुपर्ने धारणा राखेकी थिइन्। 

भारतीय विदेश सचिव क्वात्रा परराष्ट्र सचिव भरतराज पौड्यालको निम्तोमा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि सोमबार आएका हुन्। क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीसहित मधेसवादी दलका नेताहरु भेट्ने कार्यक्रम रहेको छ।

प्रकाशित: Feb 13, 2023| 17:09 सोमबार, फागुन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...