शनिबार, असार २१, २०८२

जनयुद्ध दिवस बिदा राजनीतिक स्वार्थप्रेरित : नेता गगन

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता थापाले व्यक्ति र पार्टीगत सरकारी बिदा दिन नपाउने गरी ऐन निर्माणका लागि सरकारमाथि दबाब बढाउन आह्वान गरेका हुन्।
 |  सोमबार, फागुन १, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १, २०७९

काठमाडौं– कांग्रेस महामन्त्री गगन थापाले १ फागुनलाई जनयुद्ध दिवसका रुपमा मनाउने सरकारको निर्णय स्वेच्छाचारी ढंगबाट घोषणा गरिएको दाबी गरेका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता थापाले व्यक्ति र पार्टीगत सरकारी बिदा दिन नपाउने गरी ऐन निर्माणका लागि सरकारमाथि दबाब बढाउन आह्वान गरेका हुन्।

‘अब संसद्मा तत्कालै गर्नुपर्ने विषयमा यसलाई राखौं। सार्वजनिक बिदालाई निश्चित गर्न र कुनै पनि तहको सरकारले स्वेच्छाचारी ढंगबाट बिदा दिन नपाउने गरी ऐन बनाउन सरकारलाई दबाब बढाऔं। अन्यथा सांसदहरू आफैंले कानुन निर्माणको अग्रसरता लिऔं,’ थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यसका लागि कांग्रेसले पहलकदमी लिनेछ।’

पछिल्ला दिनमा कार्यकारीको तजबिजमा सार्वजनिक बिदा दिने क्रम सीमाहीन भएको उनको भनाइ छ। ‘कहिले लहडमा, कहिले भावावेगमा, कहिले सत्ता जोडघटाउमा, कहिले कसैलाई चित्त बुझाउन त कहिले आफ्नो राजनीतिक स्वार्थका लागि,’ थापाले भनेका छन्, ‘झन् प्रदेश र स्थानीय तहमा त पार्टीका कार्यक्रम र पारिवारिक विषयमा समेत सजिलै बिदा घोषणा गरेका उदाहरण छन्। यो नितान्त कार्यकारीको स्वेच्छाचारी मनोविज्ञानको उपज हो। सार्वजनिक बिदाका नाममा यो अराजकता अति भयो!’

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रिय दिवसका लागि महत्त्वपूर्ण पक्षबीच सहमति हुनुपर्ने र अधिकांशले आत्मसात गरेको हुनुपर्ने भन्दै सरकारको यो निर्णय हतारमा गरेको टिप्पणी गरेका छन्।

‘जनयुद्ध दिवस भनेर माओवादीले पार्टी तहमा आफ्नै ढंगले मनाउनु छुट्टै कुरा हो। राष्ट्रिय दिवस रुपमा मान्यता दिन राष्ट्रिय जीवनका महत्त्वपूर्ण पक्षबीच छलफल भई अधिकांश पक्षले आत्मसात गरेको हुनुपर्दछ’ महतले भनेका छन्, ‘सरकारको यो निर्णय यसो नगरी हतारमा गरेको देखिन्छ। यसले राष्ट्रिय दिवसको महत्त्वलाई हलुका गर्दछ। जय नेपाल।’

प्रकाशित: Feb 13, 2023| 16:42 सोमबार, फागुन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...