शनिबार, असार २१, २०८२

मुख्यमन्त्री कार्कीद्वारा ३५ जनालाई ह्विलचियर वितरण

सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश १ सरकार, करुणा फाउण्डेसन, राष्ट्रिय अपांग महासंघ, बाल अपांग टेवा संस्थाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री कार्कीले मोरङ र सुनसरीका १५ स्थानीय तहका ३५ जनालाई ह्विलचियर वितरण गरेका हुन्।
 |  सोमबार, फागुन १, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १, २०७९

विराटनगर- प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीन दर्जन व्यक्तिहरुलाई ह्विलचियर वितरण गरेका छन्। 

सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा  प्रदेश १ सरकार, करुणा फाउण्डेसन, राष्ट्रिय अपांग महासंघ, बाल अपांग टेवा संस्थाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री कार्कीले मोरङ र सुनसरीका १५ स्थानीय तहका ३५ जनालाई ह्विलचियर वितरण गरेका हुन्।

ह्विलचियर वितरण गर्दै मुख्यमन्त्री कार्कीले अपांगता रोकथामका लागि स्वास्थ्य सचेतना आवस्यक रहेकोमा जोड दिए। प्रदेश सरकारले अघिल्लो कार्यकालदेखि नै सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेसन र स्थानीयतहरुवीचको साझेदारीमा अपांगता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम सञ्चालन गरिरहेको बताए। उनले अपांगता भएका व्यक्तिहरुलाई लक्षित गरेर सरकारले अपांगतामैत्री भवन तथा पूर्वाधार निर्माणका लागि  नीतिगत व्यवस्था गरेको बताए। 

प्रदेश १ सरकार अन्तर्गतको साझेदारीमा सञ्चालित अपांगता रोकथाम तथा पुर्नस्थापना कार्यक्रमअन्तर्गत मोरङका ९ र सुनसरीका ६ स्थानीय तहका ४ जना बालबालिका सहित ३५ जनालाई ह्विलचियर वितरण गरिएको करुणा फाउण्डेसन नेपालका बरिष्ठ व्यवस्थापक कमल कोइरालाले जानकारी दिए। उनका अनुसार ३० जना शारिरीक अपांगता भएका र ५ जना बहुअपांगता भएका व्यक्तिहरुलाई ह्विलचियर वितरण गरिएको हो।

प्रकाशित: Feb 13, 2023| 16:24 सोमबार, फागुन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...