आइतबार, असार २२, २०८२

‘जनयुद्ध दिवस’ मा बिदा दिने निर्णयको चौतर्फी विरोध

सरकारले जनयुद्ध दिवस भन्दै आज सार्वजनिक बिदा दिने निर्णय गरे पनि यसको चौतर्फी विरोध भएको छ।
 |  सोमबार, फागुन १, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १, २०७९

काठमाडौं- सरकारले जनयुद्ध दिवस भन्दै आज सार्वजनिक बिदा दिने निर्णय गरे पनि यसको चौतर्फी विरोध भएको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते ‘जनयुद्ध दिवस’का दिन सार्वजनिक बिदा दिने निर्णय गरेकोमा यसको चौतर्फी विरोध भइरहेको हो।

बिदा दिने निर्णयप्रति असन्तुष्टि जनाउँदै राप्रपाका मन्त्री हिजोको मन्त्रिपरिषद् बैठकमा सहभागी भएका थिएनन्। बैठकको कार्यसूचीमा बिदा दिने विषय रहेको थाहा पाएपछि उनीहरू बैठकमा अनुपस्थित भएका थिए।

सत्तारुढ एमाले, विपक्षी कांग्रेस लगायतका राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा लगायतले पनि आज बिदा दिने निर्णयको विरोध गरेका छन्। कुनै राजनीतिक दलको अगुवाइमा भएको युद्ध या द्वन्द्वलाई सरकारको तर्फबाट उत्सवको रुपमा मनाउनु उचित नहुने भन्दै विरोध भइरहेको हो।

तत्कालीन माओवादीले २०५२ फागुन १ गतेदेखि सुरु गरेको सशस्त्र युद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। यसकै सम्झनामा माओवादीका नेता कार्यकर्ताले फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउँदै आएको थिए। यसपालि माओवादी नेतृत्वकै सरकार भएको बेला सार्वजनिक बिदा दिने निर्णय भएको हो। 

प्रकाशित: Feb 13, 2023| 06:54 सोमबार, फागुन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...