आइतबार, असार २२, २०८२

बदलिँदै विशिष्ट व्यक्तिको सवारी सुरक्षा व्यवस्थापन कार्यविधि

प्रधानमन्त्री कार्यालय सिंहदबारमा संघका प्रतिनिधि र प्रधानमन्त्रीले अह्राए/खटाएका प्रतिनिधिबीच भएको वार्तामा विशिष्टको सवारीका बेला नागरिकले बेहोर्नुपर्ने सास्तीलाई हटाउन सरकारी पक्ष सहमत भएको लिखितम बुँदामा उल्लेख छ।
 |  आइतबार, माघ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २९, २०७९

काठमाडौं– विशिष्ट व्यक्तिको सवारीका क्रममा नागरिकलाई सडकमा निस्किन रोक लगाएर दिइँदै आएको हैरानी सम्बोधन गर्न सरकार सहमत भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसद्लाई सम्बोधन गरेर शीतलनिवास फर्किंदै गर्दा सडकमा हिँडेको बात लगाएर २७ माघमा प्रहरीले वीर अस्पतालको ट्रमा सेन्टरका डा.जनिथलाल सिंहमाथि कुटपिट गरेको थियो। 

विशिष्टको सवारीका बेला सुनसान सडकमै प्रहरीबाट डाक्टर कुटिएपछि नागरिक समाज र नागरिक स्तरबाटै विभिन्न विरोधका स्वर बाहिर आइरहेका छन्। 

डाक्टर कुटेको विरोधको प्रतिरोधस्वरुप नेपाल चिकित्सक संघले शनिबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेपछि सर्वसाधारणले डाक्टरविरुद्ध पनि वीर अस्पताल परिसरमै नाराबाजी गरे। आइतबार घोषणा गरिएको अस्पताल बन्द भने केही बेर अघि खुलेको छ।

प्रधानमन्त्री कार्यालय सिंहदबारमा संघका प्रतिनिधि र प्रधानमन्त्रीले अह्राए/खटाएका प्रतिनिधिबीच भएको वार्तामा विशिष्टको सवारीका बेला नागरिकले बेहोर्नुपर्ने सास्तीलाई हटाउन सरकारी पक्ष सहमत भएको लिखितम बुँदामा उल्लेख छ। दुई पक्षबीचको वार्तामा सरकार विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधिमा परिमार्जन गर्न तयार भएको हो। चिकित्सकसँगको वार्तामा सरकारी टोली कार्यविधि परिमार्जनका लागि तयार भएको सहमतिको ६ मध्ये चौथो बुँदामा उल्लेख छ।


 


उक्त बुँदामा बिरामी, नागरिक, विशेषगरी स्वास्थ्य संस्था, विद्यालयलगायतका संवेदनशील संस्था तथा क्षेत्रहरूमा असहज नहुने गरी कार्यविधि परिमार्जन गर्न सरकारलाई एक साताभित्र सुझाव पेस गरिने भनिएको छ। पेस गरिएको सुझावलाई सरकारले यथाशीघ्र कार्यान्वयनमा लैजाने विषय उक्त बुँदामा समेटिएको छ।

वार्तामा चिकित्सक कुटिएको घटनाको समग्र पक्षमा एक साताभित्र छानबिन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने, घाइते चिकित्सकको उपचार व्यवस्था सरकारले गर्ने, विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधिमा परिमार्जन गर्न सरकारलाई सुझाव दिने, स्वास्थ्यकर्मी एवं स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने र चिकित्सक संघले आन्दोलन स्थगित गर्ने सहमतिपत्रमा उल्लेख छ ।

सरकारका तर्फबाट वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेय र चिकित्सकका तर्फबाट संघ अध्यक्ष डा. लोचन कार्की नेतृत्वको टोलीबीचको छलफल सहमतिमा पुगेसँगै डाक्टरको अस्पताल बन्द कार्यक्रम फिर्ता भएको छ।

प्रकाशित: Feb 12, 2023| 13:39 आइतबार, माघ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...