आइतबार, असार २२, २०८२

निर्वाचन आयोगमा रास्वपाको दल दर्ता खारेजी माग्दै निवेदन

पार्टीले दर्ता हुन पूरा गर्नुपर्ने न्यूनतम मापदण्ड पूरा नगरी दर्ता गरेकाले तत्काल रास्वपाको दर्ता खारेज गरी उक्त पार्टीबा हालसम्म भएका राजनीतिक गतिविधि तथा काम–कारबाहीलाई अवैधानिक घोषणा गर्न माग गरिएको छ।
 |  आइतबार, माघ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २९, २०७९

काठमाडौं– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दल दर्ता खारेजी माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ। आइतबार रास्वपा दर्ता हुँदाकै बेला कानुनी रूपमा अवैधानिक तथा अयोग्य रहेको दाबी गर्दै युवराज सफलले निवेदन दर्ता गराएका हुन्।

पार्टीले दर्ता हुन पूरा गर्नुपर्ने न्यूनतम मापदण्ड पूरा नगरी दर्ता गरेकाले तत्काल रास्वपाको दर्ता खारेज गरी उक्त पार्टीबा हालसम्म भएका राजनीतिक गतिविधि तथा काम–कारबाहीलाई अवैधानिक घोषणा गर्न माग गरिएको छ।

‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा (५) को उपदफा (च) को व्यवस्था हेर्दा पार्टी दर्ता कायम हुन न्यूनतम २१ जनाको केन्द्रीय समिति चाहिन्छ तर निवेदनको बुँदा नं. (२)को निर्णयबाट पार्टी सभापति रवि लामिछाने तत्कालीन समयमा दल दर्ता गर्न अयोग्य रहेको भन्ने पुष्टि भएसँगै २१ जनाको केन्द्रीय समिति २० जनामा सीमित भएको छ। यो अवस्था पार्टी दर्ता हुन अयोग्य भएको अवस्था हो,’ निवेदनमा भनिएको छ।

प्रकाशित: Feb 12, 2023| 13:28 आइतबार, माघ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...