आइतबार, असार २२, २०८२

चिकित्सक र सरकारको वार्ताटोलीबीच ६ बुँदे सहमति? [पत्रसहित]

प्रहरीबाट सहकर्मी कुटिएपछि आन्दोलित बनेको बनेको नेपाल चिकित्सक संघ र सरकारको वार्ताटोलीबीच सहमति भएको छ।
 |  आइतबार, माघ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २९, २०७९

काठमाडौं- प्रहरीबाट सहकर्मी कुटिएपछि आन्दोलित बनेको बनेको नेपाल चिकित्सक संघ र सरकारको वार्ताटोलीबीच सहमति भएको छ। उनीहरूबीच ६ बुँदे सहमति भएसँगै चिकित्सक संघले बन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ।

२७ माघमा राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा राष्ट्रिय ट्रमा सेन्टरका सर्जन डा. जनिथ सिंहमाथि प्रहरीले लाठी चार्ज गरेपछि आन्दोलित बनेको थियो। चिकित्सक संघ र सरकारी टोलीबीच भएको वार्तापछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको हो। 

'घटनाको छानविन गरी दोषिमाथि कारबाही गर्ने, भिभिआइपीको सवारीमा सर्वसाधारणलाई पर्ने असुविधाको न्यूनिकरणका विषयमा मन्त्रिपरिषद्‍मा छलफलका लागि सिफारिस गर्ने, स्वास्थ्यकर्मीको सुरक्षाको लागि बनेको ऐनको पूर्ण कार्यान्वयन लगायतका विषयमा सहमति भएको छ,' चिकित्सक संघको पूर्वअध्यक्ष मुक्तिराम श्रेष्ठले भने।

सहमति पत्रमा संघका तर्फबाट अध्यक्ष डा. लोचन कार्की र वार्ताटोलीका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेयले हस्ताक्षर गरेका छन्।

संघले ओपीडी सेवाहरू बन्दको आह्वान गर्दै सरकारी अस्पतालमा बिहानैबाट इमर्जेन्सी सेवामात्र दिन थालेको थियो। प्रहरीको लाठी चार्जबाट डा. सिंह घाइते भएका थिए।

प्रकाशित: Feb 12, 2023| 12:02 आइतबार, माघ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...