काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल धनगढी पुगेका छन्।
नेकपा एकीकृत समाजवादीको प्रदेश बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन उनी धनगढी पुगेका हुन्।
आज नेकपा एकीकृत समाजवादीले धनगढीमा सुदूरपश्चिम प्रदेश कमिटीको पूर्ण बैठकको आयोजना गरेको छ। बैठकमा सहभागी हुन नेपाल धनगढी आएको प्रदेश इन्चार्ज गरिमा शाहले जानकारी दिइन्।
अध्यक्ष नेपाल भोलीसम्म धनगढीमा रहने छन्। आज प्रदेश कमिटीको बैठकमा सहभागी हुने र भोली प्रशिक्षण कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किने तालिका रहेको छ।