आइतबार, असार २२, २०८२

आजको राजनीतिक संयन्त्रको बैठकमा पनि चार दलमात्र सहभागी

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ। केहीबेर अघिबाट प्रधानमन्त्री निवास वालुवाटारमा बैठक सुरु भएको बताइएको हो।
 |  आइतबार, माघ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २९, २०७९

काठमाडौं- उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ।  केहीबेर अघिबाट प्रधानमन्त्री निवास वालुवाटारमा बैठक सुरु भएको बताइएको हो।

बैठकमा समसामयीक राजनीतिक विषय, राष्ट्रपति तथा उपराष्ट्रपतिको आगामी निर्वाचन र सरकारलाई पूर्णता दिने विषयमा छलफल भइरहेको छ। 

बैठकमा जसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका प्रतिनिधि उपस्थित भएका छैनन्।

बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक केपी शर्मा ओली, प्रधानमन्त्री प्रचण्ड, उप्रधानमन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमात्रै उपस्थित छन् ।

प्रकाशित: Feb 12, 2023| 10:23 आइतबार, माघ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...