आइतबार, असार २२, २०८२

प्रधानमन्त्री प्रचण्ड सोमबार सुदूरपश्चिम जाने

प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड सोमबार सुदूरपश्चिम जाने भएका छन्।
 |  आइतबार, माघ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २९, २०७९

धनगढी- प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड सोमबार सुदूरपश्चिम जाने भएका छन्।

सोमबारदेखि कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालन हुने महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम जान लागेका हुन्। उनले सोमबारदेखि महेन्द्रनगरमा सुरु हुने सुदूरपश्चिम प्रदेश स्तरीय औषोगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ। 

उनी सोमबार बिहान धनगढी पुग्ने छन्। कैलालीको गेटामा निर्माणको चरणमा रहेको प्रस्ताविक मेडिकल कलेजको अवलोकन गर्ने कार्यक्रमसमेत रहेको छ। सुरक्षा स्रोतका अनुसार उनी सोमबार दिउसो १२ बजे तिर मात्र कञ्चनपुर पुग्ने छन्। १२ देखि साढे ३ बजेसम्म प्रधानमन्त्री प्रचण्ड कञ्चनपुरमा रहने छन्। उनले सोमबार नै कञ्चनपुरको सुख्खा बन्दरगाहको अवलोकन भ्रमण गर्ने कार्यक्रमसमेत रहेको छ। 

प्रकाशित: Feb 12, 2023| 09:45 आइतबार, माघ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...