काठमाडौं- सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा सुरु भएको छ।
प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले अहिले बैठक जारी रहेको बताएका छन्।
बैठकमा राष्ट्रपति, उपराष्ट्रपति र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। रास्वपा सरकारबाट बाहिरिएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा पनि छलफल हुने बताइएको छ। निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपतिको निर्वाचन मिति तोकिसकेको छ।