दाङ- लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथ आज हुने भएको छ। आइतबार प्रदेश राजधानी दाङमा दिउँसो १ बजेका शपथ ग्रहणको कार्यक्रम तय भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ।
शनिबार प्रदेश प्रमुख अनिक शेरचनले मुख्यमन्त्री लीला गिरीको सिफारिसमा १० सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन्।
मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख शेरचनले शनिबार संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।
लुम्बिनीको आर्थिक मामिला मन्त्री जोखबहादुर महरा, खानेपानी, ग्रामिण तथा शहरी विकास मन्त्री चेतनारायण आचार्य, भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजीत थारु, स्वास्थ्यमन्त्री विष्णु प्रसाद पन्थी, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री कृष्णा केसी, वन तथा वातावरण मन्त्री दुर्गा प्रसाद चौधरी, उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकी प्रसाद यादव, कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसी राम शर्मा र सामाजिक विकास मन्त्री चन्द्रदेव गुप्ता नियुक्त भएका छन्।