सोमबार, असार २३, २०८२

शीतलनिवासमा नयाँ सांसदलाई खुवाइँदै रात्रिभोज

राष्ट्रपति भण्डारीले नवनिर्वाचित सांसदका लागि रात्रिभोज आयोजना गरेकी हुन्।
 |  शनिबार, माघ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २८, २०७९

काठमाडौं– नवनिर्वाचित संघीय संसद् सदस्यका लागि राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रिभोज कार्यक्रम आयोजना गरेकी छन्।

शनिबार अपराह्न साढे ३ बजेदेखि सुरु भएको कार्यक्रममा राष्ट्रपति कार्यालयका सचिव यादवप्रसाद कोइरालाले सरकारका प्रधानमन्त्री, मन्त्री तथा सांसदको सम्मानमा स्वागत मन्तव्य व्यक्त गरे। त्यसपछि सांस्कृतिक कार्यक्रम र बेलुकी रात्रिभोज गर्ने कार्यतालिका रहेको राष्ट्रपति कार्यालयले बताएको छ। 

कार्यक्रममा सरकारका मन्त्री, संघीय संसद्का दुवै सदनका सांसद, संवैधानिक आयोगका पदाधिकारीलगायतलाई निमन्त्रणा गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवत्ता लीलाकान्त पौडेलले बताए।

भण्डारी दोस्रो ७ वर्षे कार्यकालसँगै आगामी २५ फागुनमा हुने नयाँ राष्ट्रपतिको निर्वाचनपछि बिदाबारी हुँदै छन्। राष्ट्रपति भण्डारीले नवनिर्वाचित सांसदका लागि रात्रिभोज आयोजना गरेकी हुन्।

प्रकाशित: Feb 11, 2023| 16:54 शनिबार, माघ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...