मंगलबार, असार २४, २०८२

राष्ट्रपति निर्वाचनपछि सत्ता समीकरणमा फेरबदल : प्रकाशमान सिंह

राष्ट्रपतिको उम्मेदवारमा कांग्रेसलाई माओवादी केन्द्रले सहयोग गर्ने विश्वास दिलाएकाले नै प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा विश्वासको मत दिइएको नेता सिंहको दाबी।
 |  शनिबार, माघ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २८, २०७९

काठमाडौं– राष्ट्रपति निर्वाचनपछि सात दलीय सरकारको समीकरणमा बदलाव आउन सक्ने  कांग्रेस नेता प्रकाशमान सिंहको औंल्याएका छन्। 

शनिबार प्रेस युनियन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा पुरानो गठबन्धन ब्युँतिने÷नब्युँतिने पक्का भइनसके पनि अहिलेको  समीकरण कायम रहन नसक्ने संकेत उनले गरेका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिनुको कारण राष्ट्रपतिको निर्वाचनपछि मात्रै नतिजा देखिने उनको भनाइ छ।

राष्ट्रपतिको उम्मेदवारमा कांग्रेसबाट उठाइने व्यक्तिलाई माओवादी केन्द्रले सहयोग गर्ने विश्वास दिलाएकाले नै प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा प्रतिपक्षी भएर पनि विश्वासको मत दिएको नेता सिंहले दाबी गरे।

प्रकाशित: Feb 11, 2023| 11:10 शनिबार, माघ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...