काठमाडौं- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नागरिक उन्मुक्ती पार्टीका संरक्षक रेशम चौधरीका परिवारलाई भेट्न उनको घरमा पुगेका छन्।
शनिबार बिहान चौधरीकी आमा र परिवारका अन्य सदस्यलाई भेट्न शाह घरमै पुगेका हुन्। मुख्यमन्त्री शाहले रेशमलाई जेलमुक्त गराउन आफूले सक्दो पहल गर्ने घरपरिवारलाई आश्वासन् दिए। टिकापुरको घटनाले सामाजिक सद्भावमा ठेस पुगेको उनको भनाई थियो।
शाहले मुख्यमन्त्री भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। जसका लागि २७ सांसदको समर्थन चाहिन्छ। यसअघि नेकपा एमाले नेतृत्वको सरकार नागरिक उन्मुक्तिले साथ नदिएपछि एक महिनामै ढलेको थियो। शाहले विश्वासको मत पाउने दाबी गरेका छन्।