मंगलबार, असार २४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • उच्चस्तरीय संयन्त्रको बैठकमा चलिरहँदा डिल्लीबजार कारागार पुगिन् रञ्जिता

उच्चस्तरीय संयन्त्रको बैठकमा चलिरहँदा डिल्लीबजार कारागार पुगिन् रञ्जिता

सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारिरहँदा गठबन्धनमै आबद्ध नागरीक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भने डिल्लीबजार कारागार पुगेकी छन्।
 |  शुक्रबार, माघ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २७, २०७९

काठमाडौं- सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारिरहँदा गठबन्धनमै आबद्ध नागरीक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ  भने डिल्लीबजार कारागार पुगेकी छन्।

नागरिक उन्मुक्तिकी अध्यक्षसमेत रहेकी रञ्जीता डिल्लीबजार कारागार पुगेर आफ्ना पतिसमेत रहेका नेता रेशम चौधरीसँग भेटवार्ता गरिरहेकी छन्।

गठबन्धनमा सात दल आवद्ध रहे पनि तीन दल बैठकमा सहभागी नभएका हुन्। बैठकमा चार दलका नेता मात्र सहभागी भएका छन्। बैठकमा जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका कोही नेता सहभागी भएका छैनन्।

बैठकमा संयन्त्रका संयोजक समेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन मात्र सहभागी छन्।

प्रकाशित: Feb 10, 2023| 11:23 शुक्रबार, माघ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...