मंगलबार, असार २४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • नेकपा एस समेटेर मन्त्रिमण्डल विस्तार गर्दै सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री

नेकपा एस समेटेर मन्त्रिमण्डल विस्तार गर्दै सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्।
 |  शुक्रबार, माघ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २७, २०७९

धनगढी- सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्। प्रदेश प्रमुखको कार्यालयमा उनले आज दिउँसो ३ बजे आयोजना गरिने विशेष समारोहकाबीच प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिने छन्।

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेश ढुंगानाले मुख्यमन्त्रीको सपथ ग्रहणको कार्यक्रम दिउँसो ३ बजे गर्ने बताएका छन्। शाहलाई बिहीबार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

२७ पुसमा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए। उनले राजीनामा बुझाए लगत्तै शाह मुख्यमन्त्री नियुक्त भएका हुन्।

नवनियुक्त मुख्यमन्त्री शाहले शुक्रबार सानो आकारको मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेका छन्। कांग्रेसका एक जना प्रदेश सभा सदस्यका अनुसार कांग्रेसबाट एक जना र नेकपा एकीकृत समाजवादीबाट एक जना गरेर दुई जना मन्त्री नियुक्त गर्ने गरी छलफल भइरहेको छ। तर को–को मन्त्री बन्दैछन् भन्ने कुराको भने टुंगो लाग्न बाँकी छ।

प्रकाशित: Feb 10, 2023| 10:10 शुक्रबार, माघ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...