मंगलबार, असार २४, २०८२

राजनीतिक संयन्त्रको बैठक उपस्थित भए रवि लामिछाने

सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहभागी भएका छन्।
 |  शुक्रबार, माघ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २७, २०७९

काठमाडौं- सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहभागी भएका छन्। लामिछाने नेतृत्वको रास्वपा सरकारबाट बाहिरिएपछि पहिलो पटक बसेको संयन्त्रको बैठकमा लामिछाने सहभागी भएका हुन्।

बैठक केही बेरअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।बिहीबार नै बस्ने भनिएको बैठक अन्तिम समयमा स्थगित भएको थियो।

बैठकमा राष्ट्रपतिको निर्वाचन, सत्ता साझेदार दलहरुबीचमा देखिएको समस्या लगायतबारे छलफल हुने जनाइएको छ। 

यसअघि बिहीबार नै दिउँसो ३ बजे संयन्त्रको बैठक बस्ने भनिएको थियो। तर, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र संयन्त्रका संयोजक समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएपछि शुक्रबारसम्मलाई बैठक सरेको थियो। 

बैठकको प्रमुख अजेन्डा भने फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनको विषय भएको बताइएको छ। प्रधानमन्त्री प्रचण्ड र उनको दल माओवादी केन्द्रका नेताहरुले राष्ट्रपतिका सन्दर्भमा राष्ट्रिय सहमति बन्नुपर्ने बताउँदै आएका छन्। 

प्रकाशित: Feb 10, 2023| 10:06 शुक्रबार, माघ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...