काठमाडौं- रन्जु दर्शना विवेकशील साझा पार्टीमा फर्केकी छन्। डेढ वर्षपछि उनी विवेकशील साझा पार्टीमा फर्किएकी हुन्।
बिहीबार सामाजिक सञ्जालमार्फत् उनले पार्टीमा फर्केको जानकारी दिएकी हुन्। ‘करिब डेढ वर्ष स्वतन्त्र रहेको म विवेकशील साझा पार्टीबाटै दलीय राजनीति पुनारम्भ गर्दैछु। भोलि र पर्सी (२७-२८) गते हुने वि.सा.पा.को महाधिवेशनबाट एकीकृत र सशक्त पार्टी निर्माणमा लाग्न म पनि प्रतिबद्ध छु,’ उनले भनेकी छन्।
मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएकीमा उक्त क्षेत्रबाट नेपाली कांग्रेसका प्रदीप पौडेल निर्वाचित भएका थिए।
करिब डेढ वर्ष स्वतन्त्र रहेको म, विवेकशील साझा पार्टी बाटै दलिय राजनीति पुनारम्भ गर्दैछु। भोलि र पर्सि (२७-२८) गते हुने वि.सा.पा. को महाधिवेशन बाट एकिकृत र सशक्त पार्टी निर्माणमा लाग्न म पनि प्रतिवद्ध छु। pic.twitter.com/bmuqv7Zzxh
— Ranju Darshana (Ranju Neupane) (@ranju_darshana) February 9, 2023