मंगलबार, असार २४, २०८२

आजदेखि विवेकशील साझाको प्रथम महाधिवेशन

विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन आजदेखि सुरू हुने भएको छ।
 |  शुक्रबार, माघ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २७, २०७९

काठमाडौं- विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन आजदेखि सुरू हुने भएको छ। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान १० बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ।

महाधिवेशन उद्घाटन समारोहमा शुभकामना दिन नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एकीकृत समाजवादी पार्टीका नेता घनश्याम भुसाल, जनमत पार्टीका अध्यक्ष सिके राउत, नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेललगायत सहभागी हुने विवेकशील साझाले जनाएको छ।

विवेकशील साझाले पूर्वअध्यक्ष रवीन्द्र मिश्र र उनी वरिष्ठ उपाध्यक्ष रहेको दल राप्रपालाई भने महाधिवेशनमा निम्तो नदिइएको जनाएको छ।

महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। उनीहरूले नै पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन्।


महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। अध्यक्ष पदका लागि तीन जना नेताहरूले दाबी गरेका छन्। सकेसम्म सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने तयारी छ।


अहिलेकी अध्यक्ष समीक्षा बास्कोटा, नेता मिलन पाण्डे र प्रकाशचन्द्र परियार अध्यक्षका दाबेबार छन्।

प्रकाशित: Feb 10, 2023| 09:32 शुक्रबार, माघ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...