काठमाडौं- नेकपा एमालेले प्रदेश १ को इन्चार्जको जिम्मेवारी राजेन्द्र गौतमलाई दिएको छ। केन्द्रीय सचिवालयको बिहीबार बसेको बैठकले गौतमलाई प्रदेश १ को इन्चार्जको जिम्मेवारी तोकेको हो।
यसअघि देवराज घिमिरे इन्चार्ज रहेकोमा प्रतिनिधिसभाको सभामुख निर्वाचित भएपछि उनले पार्टीको सम्पूर्ण भूमिकाबाट अलग भएका छन्।
यस्तै धनुषा जिल्ला इन्चार्जको जिम्मेवारी शीला यादवलाई दिएको छ। रामचन्द्र मण्डलले मधेस प्रदेशको सभामुख भएपछि धनुषा इन्चार्ज लगायतका पार्टीको भूमिकाबाट अलग भएका थिए।
अर्थ योजना विभागको प्रमुखमा डा. बिन्दा पाण्डे र अपाङ्गता क्षेत्र हेर्ने विभागको जिम्मेवारी पार्वत गुरुङलाई दिइएको छ।