बुधबार, असार २५, २०८२

संसद चुनावी सभा जस्तो भयो : सांसद पौडेल

नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभाका सांसद प्रदीप पौडेलले आफूलाई संसद ‘चुनावी सभा’ जस्तो लागिरहेको टिप्पणी गरेका छन्।
 |  बुधबार, माघ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ २५, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभाका सांसद प्रदीप पौडेलले आफूलाई संसद ‘चुनावी सभा’ जस्तो लागिरहेको टिप्पणी गरेका छन्। 

बुधबार काठमाडौंमा आयोजित अवको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल विषयक विचार गोष्ठीमा बोल्दै नेता पौडेलले आफू पहिलो पटक संघीय संसदमा पुगेको र त्यो चुनावी सभा जस्तो लागेको उल्लेख गर्दै त्यो ठाउँ संसद हो कि चुनावी सभा छुट्टयाउन गाह्रो भैरहेको बताए।

उनले संसदमा झुटो बोल्नु हुँदैन भन्ने हेक्का समेत सांसदले राख्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे। 

नेता पौडेलले संसदमा झूटो बोल्दा आफ्नो खण्डन हुने र त्यसबाट व्यक्तित्वमा आँच आउन कुरालाई समेत हेक्का नराखि नेताहरुले बोल्ने गरेकोमा आपत्ति जनाए।  मुलुकको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार भएको दाबी गर्दै त्यसको अन्त्य गर्न लागिपर्ने प्रतिवद्धतासमेत उनले व्यक्त गरे। 

प्रकाशित: Feb 08, 2023| 13:15 बुधबार, माघ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...