बुधबार, असार २५, २०८२

प्रधानमन्त्री प्रचण्डलाई गठबन्धन थेग्नै हम्मेहम्मे

केन्द्र सरकारमा तिक्तता सुरु हुँदा प्रदेश सरकारमा पनि तनाव सिर्जना भएको छ। आज सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने तयारी गरिरहँदा सत्ता घटक नागरिक उन्मुक्ति पार्टी उनको विपक्षमा देखिएको छ।
 |  बुधबार, माघ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ २५, २०७९

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता बागडोर सम्हालेको आज बुधबार ४५ दिन पुगेको छ। पुस ११ मा नेकपा एमालेसहित सात दलको समर्थनमा प्रचण्डले सत्ताको मियो सम्हालेका थिए। सुरुमा सात दलको समर्थन रहे पनि दुई महिनामै उनलाई समर्थन गर्नेहरूको संख्या ओरालो लाग्ने अवस्थामा छ। सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी त सरकारबाट बाहिरिसकेको छ। यद्यपि उसले समर्थन फिर्ता भने लिइसकेको छैन। 

नागरिकता विवादका कारण सर्वोच्च अदालतले रवि लामिछानेलाई दोषी ठहर गरेसँगै उनको सांसद र उपप्रधान तथा गृहमन्त्री पद गुमेको थियो। यद्यपि लामिछानेले आफ्नो नागरिकता पुन: कायम गरिसकेका छन्। त्यसपछि उनी गैरसांसदको रुपमा फेरि गृहमन्त्री हुन चाहिरहेका थिए। चितवन २ बाट निर्वाचन लडेका लामिछाने अहिले मन्त्री बनेर उपनिर्वाचन मार्फत सोही क्षेत्रबाट सांसद बन्ने दाउमा थिए। तर, प्रचण्डले उनलाई गृह मन्त्रालय दिन अनिच्छा गरेका कारण सरकारबाट बाहिरिसकेका छन्। अहिले रास्वपाको सरकारलाई समर्थन रहे पनि उक्त समर्थन लामो समयसम्म नरहने संकेत पार्टीले गरिसकेको छ। उसले अब आफूहरू संगठन निर्माणमा जुट्ने जनाएको छ। एमाले भने रविलाई गृह मन्त्रालय दिएर गठबन्धनका सबै दललाई मिलाएर लैजानुपर्ने अडानमा थियो।

यता केन्द्र सरकारमा तिक्तता सुरु हुँदा प्रदेश सरकारमा पनि तनाव सिर्जना भएको छ। आज सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने तयारी गरिरहँदा सत्ता घटक नागरिक उन्मुक्ति पार्टी उनको विपक्षमा देखिएको छ।

सरकार पार्टीका मागप्रति गम्भीर नरहेको बताउँदै नागरिक उन्मुक्तिका महासचिव रतन थापाले सुदूरपश्चिम प्रदेश सरकारलाई आफूहरू विश्वासको मत दिने पक्षमा नरहेको बताएका छन्। 'सुदूपश्चिमको बारेमा पहिला विश्वासको मत दिने सहमति भएको हो। पछिल्लो समयमा अवस्था विग्रियो। सरकार हाम्रा मागप्रति गम्भीर देखिएन। बैठक बसेर पार्टीले यसबारे निर्णय गर्नेछ। अहिलेसम्म विश्वासको पक्षमा मतदान नगर्ने भन्ने नै छ,' उनले भने।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम गत २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताका कारण अन्तिम चरणमा विश्वासको मत लिन लागेका हुन्।

२०७२ भदौ ७ मा भएको हिंसात्मक घटनामा प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्र प्रहरीका २ र १ बालकसहित ८ जनाको मृत्यु भएको थियो। उक्त घटनाको मुख्य अभियुक्त ठहर भएका रेशम चौधरी डिल्लीबजार कारागारमा रहेका छन्। नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनाका बन्दीलाई रिहाइ गर्नुपर्ने मागलाई प्रमुखताका साथ उठाइरहेको छ।

चौतर्फी अहसयोगका कारण अप्ठ्यारोमा रहेका प्रधानमन्त्री प्रचण्ड यतिबेला निकै दबाबमा देखिन्छन्। राष्ट्रपति निर्वाचनको विषयमा समेत उनी थप दबाबमा छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिँदा उनी त्यसको गुण राष्ट्रपति दिएर तिर्न चाहन्छन्। तर, एमाले त्यस पक्षमा छैन। राष्ट्रपति निर्वाचन २५ फागुनमा हुने तय भइसकेको छ।

माओवादीलाई प्रधानमन्त्री बनाउँदै गर्दा राष्ट्रपति आफूले पाउने सहमति भएको जनाउँदै एमालेले राष्ट्रपतिको दाबी गर्दै आएको छ। यस्ता त्रासका बीच कतै आफ्नो सरकार अल्पमतमा पर्ने त होइन भन्ने डर प्रधानमन्त्रीमा छ।

यहीबीच आज बिहानै नेकपा एमालेका अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड बिहानै बालकोट पुगेका छन्। बालकोटको छतमा उनीहरूबीच बिहानै सरकार सञ्चालन, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनलगायतका विषयमा कुराकानी भएको बताइएको छ। 

प्रकाशित: Feb 08, 2023| 10:45 बुधबार, माघ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...