बुधबार, असार २५, २०८२

नागरिक उन्मुक्ति 'ब्याक' भएपछि संकटमा सुदूरपश्चिमका मुख्यमन्त्री

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिने तयारी गरिरहँदा महासचिव थापाले अहिले केही बेरमा पार्टीको बैठक बसेर यस विषयमा आधिकारिक धारणा बनाउने बताए।
 |  बुधबार, माघ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ २५, २०७९

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत नदिने भएको छ। सरकार पार्टीको मागप्रति गम्भीर नरहेको बताउँदै नागरिक उन्मुक्तिका महासचिव रतन थापाले सुदूरपश्चिम प्रदेश सरकारलाई आफूहरू विश्वासको मत दिने पक्षमा नरहेको बताए।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलले आज विश्वासको मत लिने तयारी गरिरहँदा महासचिव थापाले अहिले केही बेरमा पार्टीको बैठक बसेर यस विषयमा आधिकारिक धारणा बनाउने बताए। 

'सुदूपश्चिमको बारेमा पहिला विश्वासको मत दिने सहमति भएको हो। पछिल्लो समयमा अवस्था विग्रियो। सरकार हाम्रा मागप्रति गम्भीर देखिएन। बैठक बसेर पार्टीले यसबारे निर्णय गर्नेछ। अहिलेसम्म विश्वासको पक्षमा मतदान नगर्ने भन्ने नै छ,' उनले भने।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम गत २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताका कारण अन्तिम चरणमा विश्वासको मत लिन लागेका हुन्।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बुधबार बिहान ११ बजे प्रदेश सभाको बैठक बोलाइएको छ।

नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन नगरेको भन्दै विश्वासको मत नदिने निर्णय गरिसकेको छ। उनमुक्ति पार्टीको यो निर्णयसँगै मुख्यमन्त्री रावल अप्ठेरोमा परेका छन्। 

मुख्यमन्त्री रावललाई रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले प्रत्यर्थी झिकाउने आदेश गरे पनि उसले विश्वासको मत नदिने निर्णय गरिसकेको छ।

नेकपा एमालेका रावल सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा २५ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

प्रकाशित: Feb 08, 2023| 10:14 बुधबार, माघ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...