धनुषा- नेकपा माओवादी केन्द्र मधेस प्रदेश सरकारमा सहभागी हुने भएको छ। मंगलबार तेस्रोपटक विस्तार हुन लागेको मन्त्रीपरिषद्मा माओवादी केन्द्रबाट एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिने सहमति भएको माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रासद साहले बताए।
प्रदेश सरकारमा उद्योग पर्यटन तथा वनमन्त्रीमा माओवादीकी सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीलाई मंगलबार १ बजे शपथ गराउने सहमति भएको साहले बताए।
यसअघि माओवादीले सरकारमा दुई मन्त्रालय पाएमात्रै सरकारमा सहभागी हुने अडान राखेको थियो।