शुक्रबार, असार २७, २०८२

आउने चुनावमा बहुमत ल्याएर प्रधानमन्त्री हुन्छु: रवि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने र आफू प्रधानमन्त्री हुने उद्घोष गरेका छन्
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने र आफू प्रधानमन्त्री हुने उद्घोष गरेका छन्।

'अब प्रधानमन्त्री हुनेगरी अभियान चलाउँछौं। म जेल परे पनि रास्वपा अघि बढ्छ।  म मरे पनि बहुलाए पनि रास्वपा अघि बढ्छ,' उनले भने।

उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा नजाने उनले बताए। सरकारबाट बाहिरिने तर समर्थन कायमै राख्ने पार्टीको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा लामिछानेले भने, ‘उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा जान्नँ ।’ उनले सञ्चारमाध्यमहरुले आफूलाई निरन्तर खेदेको भन्दै आक्रोश समेत पोखेका छन्।

लामिछानेले आफूलाई राहदानी केसमा फसाइनेमा आफू विश्वस्त रहेको बताए। मिडिया सञ्चालक र पत्रकारहरूप्रति आक्रोशित बनेका लामिछानेले पार्सपोर्टमा फसाउन सकिन्छ भनेर १२ भाइ सम्पादक मिलिसकेको बताए।

‘पार्सपोर्टमा फसाउन सकिन्छ भनेर १२ भाइ मिलिसकेका छन्। अब दु:ख पर्‍यो भने पनि म रेडी छु। तयार छु, फसाउनुहोला, आफ्नो मुद्दा आफैं लड्छु,’ लामिछानेले भने। 

उनले गृहमन्त्री हुँदा त आफूले केही गर्न नसकेको भन्दै अब बाहिर निस्केपछि पनि के गर्न सक्छु र भन्दै प्रश्न गरे। ‘बाहिर आएपछि त के गर्न सक्छु र? गृह मन्त्रालयमा पदलोलुपताका लागि म गएको होइन। १२ वर्ष खटेको मान्छेलाई १२ मिनेटमा काम हुनेगरी गर्‍यो त्यसकारण म गृहमा जान खोजेको हो,' उनले भने। प्रहरी र सिडिओ आफ्ना मान्छे राख्नुपर्छ भनेर मिडिया मालिकहरू दौडने गरेको र मालिकले अह्राएको धेरै पत्रकारले मान्ने गरेको समेत उनले बताए। 

प्रकाशित: Feb 05, 2023| 16:59 आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...