शुक्रबार, असार २७, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • ओलीको बोलीमा रामहरिको आपत्ति– बार्दलीमा ल्याएको कार्यक्रमलाई संसद्‍मा प्रस्तुत नगरियोस्

ओलीको बोलीमा रामहरिको आपत्ति– बार्दलीमा ल्याएको कार्यक्रमलाई संसद्‍मा प्रस्तुत नगरियोस्

ओलीले सरकारले हालै ल्याएको साझा नीति तथा कार्यक्रमबारे व्यख्या गरिरहँदा खतिवडाले उठेर भने– बार्दलीमा ल्याएको कार्यक्रमलाई संसद्मा प्रस्तुत नगरियोस्।
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

काठमाडौं– नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेकपा एमालेका सांसद केपी ओलीको भनाइमा नियमापत्ति जनाएका छन्। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्षसमेत रहेका ओली रोष्ट्रममा बोलिरहँदा खतिवडाले आफ्नो आशनबाट उठेर आपत्ति जनाएका हुन्।

ओलीले सरकारले हालै ल्याएको साझा नीति तथा कार्यक्रमबारे व्यख्या गरिरहँदा खतिवडाले उठेर भने– मेरो आपत्ति प्रतिनिधिसभा नियमावली २०२५  को २६ अनुसार छ। पूर्वप्रधानमन्त्रीज्यूले बोल्ने क्रममा न्यूनतम साझा कार्यक्रमबारे बोल्नुभयो। यो सदन चलेको दिनदेखि न्यूनतम साझा कार्यक्रमबारे जानकारी गराइएको छैन। कुनै बार्दलीबाट ल्याएको कार्यक्रम संसदमा प्रस्तुत नगरियोस्।’

सभामुख देवराज घिमिरेले बस्नुस् माननीय भनेपछि खतिवडा बसे। जवाफमा ओली हाँसे र खतिवडामाथि नै व्यंग्य कसे- प्रधानमन्त्रीभन्दा अघि प्रतिपक्षी दलको नेता बोल्ल पाउनुपर्छ भन्ने पनि कांग्रेस हो। उहाँहरुले यस्तो गरिरहनुहुन्छ।’

प्रकाशित: Feb 05, 2023| 14:48 आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...