शुक्रबार, असार २७, २०८२

सत्ताबिनाको कांग्रेस पानीबाहिरको माछाजस्तो भएको छ: ओली

उनले राजनीतिक निकासका लागि एमालेले पहल सुरु गरेको धारणा राखे।
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य केपी शर्मा ओलीले प्रतिनिधिसभाको चुनावलगत्तै कांग्रेसमा सरकार गठनको असाधारण रुचि र व्यग्रता रहेको आरोप लगाएका छन्।

कांग्रेसको यस्तो स्वाभावलाई एमालेले सामान्य रुपमा लिएको बताउँदै उनले प्रतिपक्षी मानसिकताका साथ कांग्रेस गठित सरकारको प्रतीक्षा गरिरहँदा संविधान बमोमिन निर्धारित समय गुज्रिने भएकाले एमालेले अग्रसरता देखाएको दाबी गरे।

उनले राजनीतिक निकासका लागि एमालेले पहल सुरु गरेको धारणा राखे। सत्तारुढ दलले न्यूनतम नीति तथा कार्यक्रम तयार गरेको र सोही अनुरुप सरकार अगाडि बढ्ने उनको धारणा छ।

उनले संसदमा कांग्रेसबाट प्रदर्शित व्यवहार संविधान र लोकतन्त्रका लागि बुझीनसक्नु रहेको आरोप लगाए। 'कांग्रेसका केही साथीहरूलाई आफ्नो परिचय प्रतिपक्षी भनेर मान्न सकस भएको छ। मन मानिरहेको छैन तर प्रतिपक्षमा बस्नुपर्ने बाध्यता छ। कांग्रेस पानी बाहिरको माछा जस्तै छ। कांग्रस सत्ता बाहिर आफ्नो अस्तित्व आफैं विश्वास गर्न नसक्ने अवस्थामा पुग्नेजस्तो देखिन्छ,' उनले भने।

सत्ताबाहिर रहँदा सत्तामा विग्रह ल्याउने र अल्पकालिन लाभ लिने कला कांग्रेससँग राम्रै रहेको ओलीले आरोप लगाए। उनले मिलेर राष्ट्रिय हितमा काम गर्न कांग्रेससँग आग्रह गर्दै कोही पनि जालन्धर नबनौं भनेका छन्।

धमिलो पानीमा माछा मार्न पल्केकाहरूको लागि मात्र यस्ता क्रियाकलापले हित गर्ने बताउँदै यसतर्फ सजग रहन उनले आग्रह गरे।


प्रकाशित: Feb 05, 2023| 14:23 आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...