शुक्रबार, असार २७, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • राहदानी विवाद बाँकी नै रहेको बताउँदै प्रचण्डले रविलाई भने- अहिले तपाईंलाई कुनै मन्त्रालय दिन सकिन्न

राहदानी विवाद बाँकी नै रहेको बताउँदै प्रचण्डले रविलाई भने- अहिले तपाईंलाई कुनै मन्त्रालय दिन सकिन्न

प्रचण्डले यसअघि रास्वपालाई गृह दिएमा छानबिन प्रभावित हुनसक्ने बताउँदै अन्य मन्त्रालय दिनसक्ने संकेत गरेका थिए।
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विवाद टुंगोमा नलागी रवि लामिछानेलाई कुनै मन्त्रालय दिन नसक्ने बताएका छन्। सरकार छाड्ने वा सम्झौता गर्ने विषयमा पार्टीको निर्णायक बैठक बस्नुअघि रवि प्रधानमन्त्री प्रचण्डलाई पुग्न बालुवाटार पुगेका थिए।

प्रचण्डले यसअघि रास्वपालाई गृह दिएमा छानबिन प्रभावित हुनसक्ने बताउँदै अन्य मन्त्रालय दिनसक्ने संकेत गरेका थिए। त्यही विषयमा बुझ्न रवि बालुवाटार गएका थिए। तर प्रचण्डले रास्वपालाई गृहबाहेक अन्य मन्त्रालय दिन सकिने भए पनि रविलाई भने अहिल्यै कुनै मन्त्रालय दिन नसक्ने बताएको बालुवाटार स्रोतले बताएको छ।

प्रधानमन्त्री प्रचण्डले नागरिकता मुद्दाको पूर्णपाठ नआइसकेको र राहदानीको विवाद यथावत् रहेकाले मन्त्री बनाउन नसक्ने जवाफ दिएको स्रोतको दावी छ ।

सर्वोच्च अदालतले अघिल्लो शुक्रबार दोहोरो नागरिकता विवादमा रविको सांसदसहित उपप्रधान तथा गृहमन्त्री खारेज गरिदिएको थियो। त्यसपछि आइतबार रविले अमेरिकी नागरिकता त्यागेको जानकारी जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई जानकारी गराइ नयाँ नागरिकता लिएका थिए। त्यसयता उनले आफूले कसैगरी गृह पाउनुपर्ने यन्यथा सरकार छाड्ने दाबी गरिरहेका छन्।

तर प्रचण्डले गृह नदिने अडान कायम राखेपछि शनिबार सरकारमा बस्ने वा छाड्ने विषयमा छलफल गरेको थियो। छलफलमा अधिकांशले अन्य मन्त्रालय लिएर भए पनि सरकार छाड्न नहुने धारणा राखेका थिए।

निष्कर्षमा नपुगेपछि आज रास्वपाको निर्णायक बैठक जारी छ।

प्रकाशित: Feb 05, 2023| 13:47 आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...