शुक्रबार, असार २७, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • उमेश श्रेष्ठको निवेदन बुझेपछि आयोगले भन्यो- उपनिर्वाचनको विकल्प छैन

उमेश श्रेष्ठको निवेदन बुझेपछि आयोगले भन्यो- उपनिर्वाचनको विकल्प छैन

श्रेष्ठले निवेदन दिइसकेपछि सञ्चारकर्मीसँग निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले कानुनले पद रिक्त रहेको अवस्थामा उपनिर्वाचनबाट नै पदपूर्ति गर्ने व्यवस्था गरेको बताए। उनले उपनिर्वाचनबाहेकको पदपूर्तिका बारेमा कानुनले परिकल्पना नगरेको स्पष्ट पारेका छन्।
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले चितवन क्षेत्र नम्बर–२ बाट आफूलाई स्वतः निर्वाचित भएको घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्। आइतबार कान्तिपथस्थित आयोगको मुख्य कार्यालयमा पुगेर उनले निवदेन दिएका हुन्।

श्रेष्ठले निवेदन दिइसकेपछि सञ्चारकर्मीसँग निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले कानुनले पद रिक्त रहेको अवस्थामा उपनिर्वाचनबाट नै पदपूर्ति गर्ने व्यवस्था गरेको बताए। उनले उपनिर्वाचनबाहेकको पदपूर्तिका बारेमा कानुनले परिकल्पना नगरेको स्पष्ट पारेका छन्।

उनले भने, 'निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र उपर दाबी विरोध गर्ने, मनोनयनपत्र जाँचबुझ गर्ने चरण एउटा हुन्छ, त्यो चरण पार गरिसकेपछि निर्वाचनको परिणाम नआउन्जेलसम्मको चरण अर्को हुन्छ। निर्वाचनको परिणाम आइसकेपछि योग्यताका सम्बन्धमा प्रश्न उठ्ने, त्यसको निरुपण गर्ने भनेको संवैधानिक इजलासले गरेको हुन्छ।चितवन निर्वाचन क्षेत्र नम्बर–२ को कुरा संवैधानिक इजलासमा प्रश्न उठेर योग्यताको प्रश्न छ, यसले उक्त निर्वाचन क्षेत्रको पद रिक्त भएको अवस्थामा निर्वाचन आयोगले गर्ने भनेको उपनिर्वाचनबाट पदपूर्ति गर्ने हो। ६ महिनाभन्दा बढी रहेको अवस्थामा उपनिर्वाचन हुने भन्ने छ। यसबाहेक कानुनमा स्पष्ट रूपमा अरू कुरा लेखिएको छैन।'

सहायक प्रवक्ता अर्यालले चितवन–२ मा उपनिर्वाचनको माध्यमबाट सांसदको पदपूर्ति हुने स्पष्ट पारे। चितवन–२ बाट प्रतिनिधिसभाको उम्मेदवार रहेका श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भारी मतान्तरले पराजित भएका थिए। लामिछानेले नागरिकता विवादका कारण सांसद पद गुमाएपछि श्रेष्ठ निर्वाचनमा दोस्रो भएकाले आफूलाई स्वतः विजेता घोषणा गर्नुपर्ने मागसहित आयोग पुगेका हुन्।

प्रकाशित: Feb 05, 2023| 13:41 आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...