शुक्रबार, असार २७, २०८२

राजनीतिक सक्रियतापछि रविले 'सिधा कुरा' गर्न छाडेका हुन्?

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आज पत्रकार सम्मेलन आयोजना गर्दै सिधा कुरा गर्न चाहेको बताएका छन्। उनले आज दिउँसो पार्टी कार्यालयमा विशेष पत्रकार सम्मेलन गर्दै जनतासँग सिधा कुरा गर्ने बताएका हुन्।
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आज आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै सिधा कुरा गर्न चाहेको बताएका छन्। उनले आज दिउँसो पार्टी कार्यालयमा विशेष पत्रकार सम्मेलन गर्दै जनतासँग सिधा कुरा गर्ने बताएका हुन्।

अध्यक्ष लामिछानेले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै सिधा कुरा नगरेको धेरै भएकाले आज सिधा कुरा गरिने र उक्त कुरा देश तथा विदेशमा रहेका जनतालाई सुन्न आग्रहसमेत गरेका छन्।

'पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै  पार्टी कार्यालयबाट आज  म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिंगो देश र विदेशमा रहनुहुने सबैले आजको पत्रकार सम्मेलन  हेरुन्, सुनुन्। मैले सिधा कुरा नगरेको धेरै भएछ,' उनले फेसबुकमा लेखेका छन्।

नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलाका कारण उनको सांसद र मन्त्रीपद गएको छ। तर उनी तत्काल गृहमन्त्रीमा फिर्ता हुन जोडबल गरिरहेका छन्। गैरसांसदका रुपमा मन्त्री हुन खोजेको भन्दै उनको चर्को आलोचना भइरहेको छ।

यही विषयमा सत्ता गठबन्धनभित्र पनि विवाद रहेको छ। नेकपा माओवादी केन्द्र रास्वपालाई गृहमन्त्री दिने पक्षमा छैन भने नेकपा एमाले रास्वपालाई नै गृहमन्त्री दिनुपर्ने अडानमा छ। यही विषयमा सत्ता गठबन्धनभित्र पनि विवाद चर्किंदै गएको हो।

गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिइरहेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलका सदस्यहरूको बैठक आज पनि बस्दै छ।

शनिबार राति बसेको बैठक निष्कर्षविहीन भएपछि रास्वपाले आज पनि बैठकलाई निरन्तरता दिएको हो। बैठकले गृह मन्त्रालय नपाए सरकारमा रहने कि नरहने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ।

गत बिहीबार पार्टी बैठकका निर्णय सार्वजनिक गर्दै रास्वपा प्रवक्ता डा. मुकुल ढकालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेर दुई दिनको समय मागेको बताएका थिए। त्यो दुई दिनको अल्टिमेटम शनिबार मध्यरातिबाट सकिएको छ। आजको रास्वपा बैठको निर्णयलाई महत्वका साथ हेरिएको छ।

अध्यक्ष लामिछानेले सिधा कुरा नगरेको धेरै भएको भन्दै सामाजिक सञ्जालमा लेखेपछि उनले राजनीतिमा प्रवेश गरिसकेपछि कस्तो कुरा गरिरहेका थिए त भन्ने प्रश्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उठाइरहेका छन्। लामिछाने पूर्वपत्रकार हुन्। उनले पत्रकार हुँदा सिधा कुरा नामक टेलिभिजन कार्यक्रम सञ्जालन गर्दै आएका थिए।

प्रकाशित: Feb 05, 2023| 11:28 आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...