काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने वा नहुनेबारे पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने भएको छ।
पार्टी सभापति रवि लामिछानेले सामाजिक सञ्जालमार्फत उक्त कुराको जानकारी दिएका हुन्। उनले लेखेका छन्, 'पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधा कुरा नगरेको धेरै भएछ।'