शुक्रबार, असार २७, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • मुलुकको समृद्धिका लागि जनता हल्लाको पछि लाग्नु हुँदैन : कांग्रेस नेता विष्ट

मुलुकको समृद्धिका लागि जनता हल्लाको पछि लाग्नु हुँदैन : कांग्रेस नेता विष्ट

नेपाली कांग्रेसका नेता आनन्द विष्टले मुलुकको समृद्धिका लागि जनतालाई हल्लाको पछि नलाग्न आग्रह गरेका छन्।
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता आनन्द विष्टले मुलुकको समृद्धिका लागि जनतालाई हल्लाको पछि नलाग्न आग्रह गरेका छन्। कांग्रेस पूर्व केन्द्रीय सदस्यसमेत रहेका नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष विष्टले जनताले साँचो र झुटो कुरालाई छुट्याउन सक्नुपर्ने बताए।

न्यूयोर्कमा आयोजित एक कार्यक्रममा बोल्दै विष्टले भने, 'अहिले हल्लै हल्ला र प्रोपोगण्डामा देश चलिरहेको छ। मुलुकमा अन्धभक्तहरूको जमात बढ्दो छ। अहिलेका युवा शिक्षित र सक्षम छन्। युवाहरूले सही गलत छुट्याउन सक्नुपर्छ। विवादित छविका व्यक्तिहरू राजनीतिको मूल प्रवाहमा पुग्दा उनीहरूले कस्तो काम गर्लान् भनेर सोच्नुपर्छ,' उनले भने। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेप्रति लक्षित गर्दै नागरिकता विवादमा रहेर सांसद पद नै गुमेका व्यक्तिले पुनः गृह मन्त्रालयका लागि मरिहत्ते गर्नु र जनताले त्यसैलाई समर्थन गर्न खोज्नु चिन्ताको विषय भएको बताए।

उनले मुलुक कानुन अनुसार चल्नुपर्ने धारणा राखे। 'मुलुकमा संविधानको सही पालना भयो भनेमात्र समृद्धि हासिल हुन्छ। जसको मनमा जे लाग्यो त्यही गर्न पाउनुपर्छ भन्नु राम्रो होइन। कुनै एक व्यक्तिलाई देवत्वकरण गर्न खोज्नु राम्रो होइन,' उनले भने। 

यसका पछाडि मुलुकका ठूला राजनीतिक दलको पनि कमजोरी रहेकाले उनीहरूलाई बेलैमा सच्चिन विष्टको आग्रह छ। 'ठूला राजनीतिक दलले जनतालाई सपना देखाए अनुरूप काम गर्न नसकेकाले पनि व्यक्तिहरू हाबी भइरहेका छन्। यो राम्रो अवस्था होइन। त्यसैले ठूला राजनीतिक दलहरूले बेलैमा सच्चिएर जनअपेक्षा अनुसार काम गर्न सक्नुपर्छ। नत्र यस्तै विवादित छविका व्यक्तिहरू हाबी हुने अवस्था सिर्जना हुन्छ,' उनले भने।

बेलैमा सबै जना सजग हुन नसके यति ठूलो त्याग र संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र नै खतरामा पर्ने उनको चिन्ता छ।

प्रकाशित: Feb 05, 2023| 10:44 आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...