शुक्रबार, असार २७, २०८२

राष्ट्रियसभा उपाध्यक्ष निर्वाचनको उम्मेदवारी दर्ता आज

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन सोमबार हुने भएको छ। उक्त निर्वाचनको लागि आज उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ।
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

काठमाडौं- राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन सोमबार हुने भएको छ। उक्त निर्वाचनको लागि आज उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ।

संसद् भवन नयाँ बानेश्वरमा आइतबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ। आइतबार ४:१५ बजे उम्मेदवारको सूची प्रकाशन गरिने बताइएको छ।

राष्ट्रियसभाको माघ १३ गतेको बैठकमा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उपाध्यक्ष पदको निर्वाचनको मिति तय भएको जानकारी दिएका थिए।

तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल सकिएपछि उपाध्यक्ष चयन हुन सकेको थिएन। राष्ट्रियसभा नियमावलीअनुसार निर्वाचनको कार्यतालिका प्रकाशित गर्न राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमलाई निर्देशन दिएका थिए।

प्रकाशित: Feb 05, 2023| 10:04 आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...