शुक्रबार, असार २७, २०८२

आज बस्ने रास्वपाको बैठकले सरकारमा रहने वा बाहिरिने निर्णय गर्ला?

गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलका सदस्यहरूको बैठक आज पनि बस्ने भएको छ।
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

काठमाडौं- गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलका सदस्यहरूको बैठक आज पनि बस्ने भएको छ।

शनिबार राति बसेको बैठक निष्कर्षविहीन भएपछि रास्वपाले आज पनि बैठकलाई निरन्तरता दिने भएको हो। बैठक बिहान ११ बजे बस्नेछ। बैठकले गृह मन्त्रालय नपाए सरकारमा रहने कि नरहने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ।

गत बिहीबार पार्टी बैठकका निर्णय सार्वजनिक गर्दै रास्वपा प्रवक्ता डा. मुकुल ढकालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेरदुई दिनको समय मागेको बताएका थिए।  त्यो दुई दिनको अल्टिमेटम शनिबार मध्यरातिबाट सकिएको छ। 

प्रकाशित: Feb 05, 2023| 09:46 आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...