शुक्रबार, असार २७, २०८२

सरकारमा रहने-नरहने निर्णय गर्न स्वतन्त्र पार्टीको बैठक बस्दै

शनिबार राति अबेरसम्म बसेको बैठक बिनानिष्कर्ष सकिएको थियो। हिजोको बैठकमा केही केन्द्रीय सदस्य अनुपस्थित भएकाले महत्त्वपूर्ण निर्णय हुन नसकेको पार्टीको भनाइ छ।
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक आज आइतबार बस्दैछ। सरकारमा रहने कि नरहने भनेर निर्णय गर्न बैठक बस्न लागेको हो।

शनिबार राति अबेरसम्म बसेको बैठक बिनानिष्कर्ष सकिएको थियो। हिजोको बैठकमा केही केन्द्रीय सदस्य अनुपस्थित भएकाले महत्त्वपूर्ण निर्णय हुन नसकेको पार्टीको भनाइ छ।

शनिबारको बैठकमा चितवन–२ को उपनिर्वाचनबारे पनि छलफल भएको थियो। त्यहाँ छिटो उपनिर्वाचन गर्नुपर्ने उसको माग छ।

सभापति रवि लामिछानेले नागरिकता प्रकरणमा सांसदसँगै गृहमन्त्री पद गुमाएपछि पार्टीभित्र खैलाबैला मच्चिएको छ। सरकार गठनका बेला भएको सहमतिअनुसार गृह मन्त्रालय आफूले पाउनुपर्ने माग रास्वपाले गरिरहेको छ। गृहमा रवि नै फिर्ता हुनुपर्ने जिकिर पनि उसको छ। त्यसो नभए सरकार छाड्ने धम्की रास्वपाले दिइरहेको छ।

यसअघि बिहीबार बसेको बैठकले माग पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुई दिनको समय दिएको थियो। उक्त समय शनिबार नै सकिएको छ।

प्रकाशित: Feb 05, 2023| 09:13 आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...